पत्रकार महासंघ गुल्मीको अध्यक्षमा टोपलाल अर्याल विजयी
काठमाडौं । नेपाल पत्रकार महासंघ गुल्मीको अध्यक्ष टोपलाल अर्याल विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा ३० मत ल्याएर अर्याल अध्यक्षमा विजयी भएका हुन् । अर्यालका प्रतिद्वन्द्वी अनिल खत्रीले २७ मत प्राप्त गरेका छन् । अर्याल नेकपा एमाले माधव नेपाल समूह निकट प्रेस चौतारीका नेता हुन् । त्यस्तै उपाध्यक्षमा रेशमा कुँवर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी कृष्ण ज्ञवालीले १९ मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला उपाध्यक्षमा सीता भण्डारी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्न्द्वी अम्बिका आचार्यले २३ मत प्राप्त गरेकी छिन् । सचिवमा ३७ मतसहित प्रेम सुनार विजयी भएका छन् । अर्का सचिवका उम्मेद्वार ज्ञानबहादुर महताराले २१ म्त प्राप्त गरेका छन् । त्यसैगरी सहसचिव खुल्लामा ४२ मतसहित तिलाचन पाण्डे, सहसचिव समावेशीमा ४० मतसहित तेजेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा ३४ मतसहित कौरव खत्री विजयी भएका छन् ।
सदस्यहरुमा ४४ मतसहित अश्विन बोहोरा महेश, ४३ मतसहित दुर्गाबहादुर खड्का क्षेत्री, ह४५ मतसहित हुमाकान्त पोख्रेल विजयी भएका छन् । महिला सदस्यमा सरस्वती जिसी विजयी भएकी छन् । उनले ३३ मत प्राप्त गरेकी छन् भने सदस्य (दलित) बाट ३९ मतसहित रमेश विश्वकर्मा विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’