केन्द्रीय संस्करण
समाचार

नेपाल पत्रकार महासंघ निर्वाचनः प्रदेश १ मा खस्यो १४८६ मत

person explore access_timeचैत २५, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रदेश १ मा १४८६ मत खसेको छ । प्रदेशका ८ जिल्लाका १६१५ मतदातामध्ये १४८६ जनाले मतदान गरेको हुन् । जसमध्ये मोरङमा २०६ मतदातामध्ये १९७ मत खसेको छ भने ताप्लेजुङमा ६० मतदातामध्ये ५३ मत खसेको छ । त्यस्तै सुनसरीमा २६२ मध्ये २४८ मत खसेको छ ।

धनकुटामा १५५ मा १२२ मत खसेको छ भने झापामा २६३ मा २५६ मत खसेको छ । त्यस्तै पाँचथरमा ८२ मत खसेको छ । त्यहाँ मतदाता संख्या ८५ रहेको थियो । उता इलाम र उदयपुरमा क्रमशः १५५ र ९६ मत खसेको छ । इलाममा १७५ र उदयपुरमा १०१ जना मतदाता रहेका थिए ।  

त्यस्तै तेह्रथुममा ८२ मतदातामध्ये ६८ मत खसेको छ भने भोजपुरमा ४६ मतदातामध्ये ३८ मत खसेको छ । यता, सोलुखुम्बुमा ६६ जना मतदातामा ६० जनाले मतदान गरेका छन् । ओखलढुंगामा ५० मध्ये ४७ मत खसेको छ । खोटाङमा २६ मतदातामध्ये २६ मत खसेको छ भने संखुवासभामा ३९ मतदातामा ३६ मत खसेको छ ।   

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.