ताजा जनादेश मात्र अबको विकल्पः कमल थापा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्टले लिएको मार्गचित्र गलत र त्रुटिपूर्ण भएको बताएका छन् । राप्रपा मकवानपुरद्वारा आज हेटौंडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले गणतन्त्र , धर्मनिरपेक्षता र संघीयताले मुलुकको हित नगर्ने समेत बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने, ‘मुलुकको स्वाधिनता प्रमुख विषय हो, गौरवशाली इतिहासलाई मटियामेट पारेर नयाँ भाष्य सिर्जना गर्ने दुष्प्रयास सफल हुन दिनुहुन्न् ।’ थापाले सत्ता र शक्तिको निमित्त भएको लुछाचुँडीले मुलुक अन्यौल र अनिश्चिततातर्फ धकेलिएको बताउँदै ताजा जनादेश मात्र अबको विकल्प रहेको बताए । पार्टीको महाधिवेशन, आगामी निर्वाचन, संगठन निर्माण र सुदृढीकरण अबको प्रमुख कार्यभार भएको भन्दै थापाले प्रशिक्षण कार्यक्रमलाई सघन रुपमा वडा तह सम्म लैजान आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
२०८२ सालका लागि चार नयाँ ‘पात्रो’ पञ्चाङ्गलाई स्वीकृति, कुल १८ पात्रो
-
प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता
-
गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनी एक करोड ८४ लाख
-
जुम्लामा आजदेखि दुई दिन हिमाली संवाद, कर्णालीको ८ जिल्लाका युवा सहभागी हुँदै