बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

बुधबार, २५ चैत २०७७, १७ : ५९
बुधबार, २५ चैत २०७७

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।

पालुङमा विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तर्गतको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हक दावी बीमा बापतको रकम ६ लाख ७ हजार ५ सय रुपैयाँ हक वालालाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकले थाहा नगरपालिका वडा नं. १० का स्व. बिष्णु मगर र थाहा नगरपालिका वडा नं. १ निवासी स्व. देगु माया बलामीको मृत्यु हक दावी बीमा बापतको रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप