मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

फ्यानले दिए राखीलाई महङ्गो मोवाइल फोन, बदलामा उनले दिइन् चुम्बन

बुधबार, २५ चैत २०७७, १७ : ३१
बुधबार, २५ चैत २०७७

मुम्बई । बलिउड अभिनेत्री तथा मोडल राखी सावन्तलाई एक फ्यानले महँगो मोवाइल फोन उपहार दिएका छन् । उक्त फोन पाएर उनी निकै खुसी छन् । जुन खुसी उनले इस्टाग्राम एकाउन्टबाट भिडियोसहित शेयर गरेकी छन् ।
फ्यानले गिफ्ट गरेको मोवाइल फोनको मूल्य ‘भारु’ डेढ लाख रुपैयाँको रहेको छ । गिफ्ट खोल्दा उनी निकै एक्साइटेट समेत देखिएकी छन् । गिफ्ट खोलेपछि उनले भनेकी छन् ‘यति ठुलो फोन कसरी हुन्छ ? ।’

उनीलाई उक्त गिफ्ट एक बच्चीले दिएकी हुन् । गिफ्ट खोलेपछि उनले उनको ती बच्चीको गालामा चुम्बन समेत गरेकी छन् । राखीको यो भिडियो इन्टरनेटमा भाइरल भएको छ । फ्यानले राखीलाई नयाँ फोनका लागि बधाई समेत दिएका छन् ।

हमेशा चर्चामा रहने अभिनेत्री राखी ‘बिग बास १४’ मा समेत देखिएकी थिइन् । यो सोमा सबैको मन जित्न सफल उनको शोका कारणले फ्यान फ्लोइङ समेत बढेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप