शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विपिन लिएर ‘विवेक’ बनाउँदै माधव

बुधबार, २५ चैत २०७७, १६ : ४९
बुधबार, २५ चैत २०७७

काठमाडौं । ‘लुट’ फिल्मका निर्माता माधव वाग्लेले फिल्म ‘विवेक’ बनाउने भएका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्कालाई लिएर उनले यो फिल्म बनाउन लागेका हुन् ।

प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने फिल्मका लागि  विपिन र स्वस्तिमा फाइनल भएका छन् । फिल्मको अन्य पात्र अडिसनबाट छान्ने सोच आफ्नो निर्माता माधव वाग्लेले बताए ।

फिल्मको निर्देशन पनि माधवले नै गर्न लागेका हुन् । मंगलबार सामाजिक सञ्जालबाट उनले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्मको जानकारी दिएका हुन् । सार्वजनिक पोस्टरमा विपिनलाई देख्न सकिन्छ । पोस्टर मार्फत् फिल्मका लागि कलाकार समेत आह्वान गरिएको छ ।

फिल्मको अहिले लेखन कार्य भैरहेको छ । यसको लेखन लोकनाथ कोइरालाले गरिरहेका छन् । तराई भेगमा छायाँकन हुन फिल्म नेपाली, मैथिली र भोजपुरी गरेर तीन भाषामा निर्माण हुने निर्माण युनिटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप