शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अब ३ घण्टामै पिसिआर रिपोर्ट दिने

बुधबार, २५ चैत २०७७, १६ : ३७
बुधबार, २५ चैत २०७७

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट ३ घण्टामा उपलब्ध गराउने भएको छ । प्रयोगशालाले जेनस्पोर्टबाट बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म कोरोना परीक्षण गर्ने प्रयोगशालाका शाखा अधिकृत सबिन सिंह चौधरीले बताए ।
 यो सेवाको प्राप्तिका लागि तुरुन्त उपचार गर्नुपर्ने अवस्था मात्रै दिइने छ । ३ घण्टाभित्र कोरोना परीक्षणको रिपोर्ट पाउनका लागि चिकित्सक वा अनिवार्य अस्पतालले सिफारिस गर्नुपर्ने अधिकृत चौधरीले बताए । 
तर, कोरोनाभाइरस कोभिड—१९ परीक्षणका लागि सरकारले तोकेको शुल्क एक हजार नै लाग्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप