‘अक्कड बक्कड बम्बे बो’ सार्वजनिक
बुधबार, २५ चैत २०७७, १६ : ३४
मेलवर्न बस्ने कपिल तथा सागरको लेखन र प्रस्तुतिमा ‘अक्कड बक्कड बम्बे बो’ बोलको नयाँ र्‍याप गीत सार्वजनिक भएको छ । मेक मनी रेकर्डस्ले यस गीत तयार गरेको हो । मुख्य निर्माता मिस्ट चाम्ब्लिङले मिक्सिङ तथा मास्टरिङ गरेको गीतको भिडियो वकाव भिजुयल्स र बाबा फिल्मस् प्रडक्सनले गरेको हो । गीतको भिडियोलाई युट्युबमा ५० हजारभन्दा धेरैले हेरिसकेका छन् ।
ऋषि सुफीले भिडियोको निर्देशन तथा कोरियोग्राफी गरेका छन् । त्यसैगरी रपिल महर्जन, रमेश चौधरी, अनिश गौतम, साकार शाही र सञ्जय बाबाले भिडियो छायाँकन गरेका छन् । भिडियोमा आरती श्रेष्ठ, बुनु तामाङ, आशिष भुजेल, प्रशान्त तामाङ, सरुना श्रेष्ठ, आशिष हिडो, युनिक लामा, सुनिता घतानी, सिसम विक, प्रनिशा सुनवार,उषा भट्टराई, त्रिजा पाण्डे, प्रिया राना र सिजना श्रेष्ठले डान्स गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा लोकसभाको निर्वाचन सुरु
-
नाउपाभित्रको कलहका बिच कैलाश चौधरी कसरी बने भौतिक मन्त्री ?
-
सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भएको छः रामशङ्कर यादव
-
२०२६ सम्म सलमान खानको ग्रह खराब छ : ज्योतिष
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी