बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा सर्वाेत्तम सिमेन्टले अस्पताल बनाउँदै

बुधबार, २५ चैत २०७७, १४ : ०६
बुधबार, २५ चैत २०७७

काठमाडौं । सर्वोत्तम सिमेन्टले नवलपरासीमा १५ बेड क्षमता सहितको अस्पताल निर्माण गरेको छ । नवलपरासीको सुनवालमा करीब ४ करोडको लागतमा अस्पताल निर्माण हुने भएको हो ।

कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले सो सम्बन्धि सम्झौता पत्र सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा क्षेत्रीलाई हस्तान्तरण गरेका छन् । 

यसका साथै सोही कार्यक्रममा कम्पनीका अध्यक्ष विष्णु न्यौपानेका पिता लिलाराम न्यौपानेको स्मृतिमा भैरहवाको भीम अस्पतालमा लिलाराम न्यौपाने आकस्मिक कक्षको समेत उद्घाटन भएको छ ।

उक्त कक्षमा २५ बेड सहित ३ वटा आई.सी.यू. तथा २ भेन्टिलेटर समेतको सुविधा रहेको छ भने सो २ तले भवनको निर्माण लागत ३ करोड २५ लाख रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप