समयमै दोस्रो किस्ताको कर तिर्न सरकारको ताकेता, नतिरे जरिवाना
बुधबार, २५ चैत २०७७, १४ : ००

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को आयकरको दोस्रो किस्ता समयमै तिर्न करदातासँग ताकेता गरेको छ । आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै दोस्रो किस्ता कर समयमै तिर्न भनेकोे हो । आन्तरिक राजस्व विभागले चालू आवको आयकरको दोस्रो किस्ता बापत अनुमानित करको ७० प्रतिशत रकम मध्ये तिर्न बाँकी रकम तिर्न आग्रह गरेको हो ।
विभागले चालू आर्थिक वर्षको आयकरको दोस्रो किस्ता बापतको कर रकम चैत मसान्तसम्म तिर्न भनेको छ । विभागले यसअघि पेस गरिएको अनुमानित आय विवरण संशोधन गर्नुपर्ने भएमा सो समेत चैत मसान्त भित्र गरिसक्न आग्रह गरेको छ । समयमा कर नबुझाएमा कानुन अनुसार शूल्क, जरिवाना तथा ब्याज लाग्ने विभागले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन २४ घण्टे स्पष्टीकरणमा परे कुलमान ?
-
बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठकको ७ बुँदे निर्णय
-
कर्णालीमा मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा लागेको निषेधाज्ञा अन्त्य हुँदै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
झापामा रिसाएका नारायणकाजीले चितवन पुगेर मागे माफी