शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिना काम घरमा बसिरहेका कपिल शर्मासँग जब प्रशंसकले मागे काम, दिए यस्तो जवाफ

बुधबार, २५ चैत २०७७, १३ : ००
बुधबार, २५ चैत २०७७

भारतीय हास्यकलाकार कपिल शर्मा इन्डष्ट्रिको एक चर्चित नाम हो । कपिल शर्माको चर्चित ‘द कपिल शर्मा शो’ यसै वर्ष फेब्रुअरीदेखि बन्द भएको छ । यो कुराले कपिलका प्रशंसकलाई एक किसिमको खालीपन दिएको छ । कपिललले ट्वीटरमा हालै शो पुनः सुरु हुन लागेको बारे घोषणा गरेका थिए । उनको शो सन् २०२१ मेदेखि पुनः प्रशारणमा आउनेछ । यसैबीच कपिलका एक प्रशंसकले सोसल मिडियामा उनीसँग काम गर्ने इच्छा व्यक्त गरे । प्रशंसकको यो प्रश्नमा कपिलको जवाफ हाल चर्चाको विषय बनेको छ ।

मंगलबार बेलुका कपिलले आफ्ना थुप्रै प्रशंसकको प्रश्नको जवाफ दिए । यसै क्रममा कपिल शर्मालाई एक प्रशंसकले सोधे, ‘म तपाईंसँग काम गर्न चाहन्छु । के मैले मौका पाउन सक्छु ?’ कपिलले यसको आफ्नै शैलीमा जवाफ दिँदै लेखे, ‘म त अहिले आफैं घरमा बसिरहेको छु भाइ ।’

स्मरण रहोस्, यसअघि सोसल मिडियामा एउटा पोस्टमार्फत् कपिलले आफ्नो शोमा नयाँ कलाकार र लेखकलाई काम दिने कुरा गरेका थिए । कपिल शर्माले हालै ट्वीटरमा एउटा पोस्ट गरेका थिए । कपिलले आफ्नो छनोट भएको र अब तपाईंको पालो भन्दै  पोस्ट गरेका थिए । कपिलले एउटा पोस्ट रिट्वीट गर्दै लेखेका थिए, ‘कपिल शर्माको टीमले राइटर र एक्टर खोजिरहेको छ, पूरा हिन्दुस्तानलाई हसाउने तपाईंको लागि यो मौका हो । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप