शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपुलमा भारतीय नागरिक मृत फेला

बुधबार, २५ चैत २०७७, १२ : ४०
बुधबार, २५ चैत २०७७

काठमाडौं । काठमाडौं महानगरपालिका–३० रातोपुलमा एकजना भारतीय नागरिक मृत फेला परेका छन् । 

रातोपुलमा डेरा गरेर बस्ने कोलकत्ता घर भएका ३९ वर्षीय प्रदिप मण्डल मृत फेला परेका हुन् । दरबारमार्ग स्थित कस्मेटिक सप्लाई सम्बन्धी कार्यालयमा काम गर्ने मण्डलको शव डेरामा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । घटनाबारे महानगरीय प्रहरी वृत्त मालीगाउँले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप