शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेलिब्रिटीका यी पूर्व श्रीमतीले सम्बन्धविच्छेद‍्को पीडा बिर्सन सकेनन्, गरेनन् दोस्रो विवाह !

बुधबार, २५ चैत २०७७, १२ : ०९
बुधबार, २५ चैत २०७७

बलिउड फिल्मको दुनियाँमा थुप्रै पटक सेलिब्रिटीको लिङ्कअप र ब्रेकअपको खबर तपाईंले सुन्नुभएकै होला । कतिले सम्बन्धविच्छेदको पीडा पनि झेलिसकेका छन् । धेरैजसो सेलिब्रिटीका श्रीमतीले सम्बन्धविच्छेदपछि पुनः विवाह गर्नुको साटो सिंगल मदरको जिम्मेवारी निभएका छन् । आउनुहोस् यस्तै सेलिब्रिटी र उनका पूर्व श्रीमतीबारे जानकारी लिऔं ।

सुजैन खानः

बलिउड अभिनेता ऋतिक रोशन र सुजैन खानले विवाहको १४ वर्षपछि सम्बन्धविच्छेद गरे । यी दुईको सम्बन्धविच्छेद भएको पनि ७ वर्ष बितिसक्यो । यद्यपि, अहिलेसम्म यी दुबैजनाले विवाहबारे सोचेका छैनन् । सुजैन खानले सिंगल मदरको रुपमा आफ्ना सन्तान हुकाइरहेकी छिन् ।

रीना दत्ताः

आमिर खानकी जेठी श्रीमती रीना दत्ता हुन् । यी दुईको अन्तर्जातीय विवाह भएको थियो । आमिर खान र रीना दत्ताको विवाहमा सबैकुरा राम्रै चलिरहेको थियो । यी दुई दुई सन्तानका आमाबुवा पनि थिए । त्यसपछि अचानक आमिर खानको घरमा तनाव देखिन थाल्यो र विवाहको १६ वर्षपछि यी दुई अलग्गिए ।  त्यसपछि आमिर खानले किरण रावसँग दोस्रो विवाह गरेका छन् । जबकी रीना दत्ता आफ्ना दुई सन्तानको हेरविचारमा नै व्यस्त छिन् ।

अमृता सिंहः

सारा अली खान र इब्राहिमकी आमा अमृता सिंहको विवाह सैफ अली खानसँग भएको थियो । दुबैको प्रेम विवाह भएको थियो । तर पनि उनीहरु यो विवाहसँग खुसी थिएनन् । अमृता सिंहसँग सम्बन्धविच्छेद गरेपछि सैफ अली खानले करिना कपुरसँग दोस्रो विवाह गरे । यद्यपि, अमृता सिंहले पुनः विवाह नगर्ने निर्णय गरिन् । उनी आफ्नो दुई सन्तानलाई एक्लै हेरविचार गरिरहेकी छिन् ।

करिश्मा कपुरः

अभिनेत्री करिश्मा कपुरको विवाह सन् २००३ मा व्यापरी सञ्जय कपुरसँग धुमधामसँग  भएको थियो । दुबैका दुई सन्तान पनि जन्मिए । विवाहको केही वर्षसम्म सबैकुरा राम्रै चलिरहेको थियो । त्यसपछि क्रमशः करिश्मा कपुरको विवाहमा तनावको खबर आउन थाल्यो । विवाहको १३ वर्षपछि दुबैले आफ्नो सहमतिमा सम्बन्धविच्छेद गरे । त्यतिबेलादेखि करिश्मा कपुरले दोस्रो विवाह गरेकी छैनन् । उनी आफ्ना सन्तानको हेरविचारमा व्यस्त छिन् ।

मोना कपुरः

फिल्म निर्माता बोनी कपुरको पहिलो विवाह मोना कपुरसँग भएको थियो । विवाहपछि उनीहरुका दुई सन्तान भए । विवाहमा सबैकुरा ठिक चलिरहेको थियो । त्यसपछि बोनी कपुरको मन श्रीदेवीदेखि लत्कियो । त्यसपछि उनले जेठी श्रीमतीलाई सम्बन्धविच्छेद गरेर श्रीदेवीसँग दोस्रो विवाह गरे । मोना कपुरको निधन भइसकेको छ । तर सम्बन्धविच्छेदपछि मोना कपूरले दोस्रो विवाह गरिनन् र उनी एक्लैले आफ्नो बच्चा हुर्काइन् ।

हनी इरानीः

चर्चित गीतकार जावेद अख्तरले चर्चित लेखिका हनी इरानीसँग पहिलो विवाह गरेका थिए । हनी इरानी र जावेद अख्तरको यो प्रेम विवाह थियो । विवाहपछि उनीहरुका दुई सन्तान भए । पछि जावेद अभिनेत्री शबाना आजमीप्रति फिदा भए । त्यसपछि जावेद र हनी अलग्गिए । त्यतिबेलादेखि हनी इरानीले दोस्रो विवाह गरेकी छैनन् । उनी आफ्ना सन्तानको हेरविचार आफैंले गर्छिन् ।

निक्की वेदीः

बलिउड स्टार कबिर बेदीले तीनपटक विवाह गरे । उनकी दोस्री श्रीमती निक्की बेदी एक बेलायती टिभी प्रस्तोता थिइन् । निक्की बेदी र कबिर बेदीको विवाह करिब १३ वर्ष चल्यो । त्यसपछि यी दुई अलग्गिए । त्यसपछि कबिर बेदीले ७० वर्षको उमेरमा तेस्रो पटक विवाह गरे । यद्यपि, निक्की एक्लै बस्छिन् ।

आरती बजाजः

फिल्म निर्देशक अनुराग कश्यपकी जेठी श्रीमती आरतीले पनि आजसम्म दोस्रो विवाह गरेकी छैनन् । जबकी अनुराग कश्यपले कल्कि कोचलिनसँग विवाह गरेर पुनः सम्बन्धविच्छेद गरिसकेका छन् । आरती बजाजले छोरीलाई एक्लै हेरविचार गरिरहेकी छिन् ।

जेनिफर विंगेटः

टिभी स्टार करण सिंह ग्रोवरसँग प्रेममा धोका खाएपछि टिभी स्टार जेनिफर विंगेटले दोस्रो विवाह गरेकी छैनन् । करण सिंह ग्रोवरले बलिउड अभिनेत्री बिपाशा बसुसँग तेस्रो विवाह गरिसकेका छन् । जेनिफर भने एक्लै बस्छिन् ।

पूजा बेदीः

फिल्म स्टार कबिर बेदीकी छोरी पूजा बेदीले फरहान फर्निचरवालासँग विवाह गरेकी थिइन् ।  विवाहपछि दुबैको जीवन निकै राम्रोसँग चलिरहेको थियो र यी दुई सन्तानका आमाबुवा पनि बनिसकेका थिए । तर यी दुई पछि अलग्गिए । फरहानले फिरोज खानकी छोरी फातिमासँग दोस्रो विवाह गरे । जबकी पूजा बेदी आफ्नो बच्चाको हेरविचार गर्नमा नै व्यस्त छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप