मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ह्यारी पोटरका अभिनेता पल रिटरको निधन

बुधबार, २५ चैत २०७७, ११ : ४३
बुधबार, २५ चैत २०७७

 फिल्म ह्यारी पोटरका चर्चित अभिनेता पल रिटरको निधन भएको छ । ५४ वर्षका रिटरको ब्रेन ट्युमरबाट निधन भएको हो । फिल्म स्टार तथा फ्यानले उनको निधनप्रति शोक ब्यक्त गरेका छन् ।
रिटरको निधनको पुष्टि उनका एजेन्टले गरेका हुन् । एजेन्टले रिटरको निधन उनका घर परिवारको अगाडि भएको बताएका छन् ।

रिटरले आफ्नो करियरको दौरानमा कयौँ सुपरहिट फिल्ममा काम गरेका छन् । ह्यारी पोटरमा उनले निर्बाह गरेको भूमिकालाई दर्शकले मनपराएका थिए । उनलाई ब्रिटिश सिटकोम ‘फ्राइडे नाइट डिनर’का कारणले समेत चिन्ने गरिन्छ । यसका अलवा उनका धेरै फिल्म समेत रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप