शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मूल्यवृद्धिको विरोधमा प्रदर्शन गर्ने ९ जना पक्राउ

बुधबार, २५ चैत २०७७, ११ : २५
बुधबार, २५ चैत २०७७

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि खारेजको माग गर्दै नेपाली काँग्रेस (वीपी) ले गरेको प्रदर्शनका क्रममा ९ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । नेपाल आयल निगमको गेटमा शान्तिपूर्ण धर्ना बस्दा प्रहरीले पक्राउ गरेर पुलिस क्लब भृकुटीमण्डपमा राखेको हो । 
पक्राउ पर्नेमा केन्द्रीय सदस्यहरु श्यामबहादुर गुरुङ, प्रद्युम्न कार्की, दुर्गा घिमिरे सहित नेताहरु रोमन पुरि, सर्वजित शेरचन, विरबहादुर बम्जन, धना आचार्य , रुकुमणि श्रेष्ठ र सुशिलराज वाग्ले रहेका छन् । 

काँग्रेस बीपीले पक्राउ परेकाहरुको तत्काल रिहाइको माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप