शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२७ चैत्रमा फिल्म ‘श्री’

बुधबार, २५ चैत २०७७, ११ : ०६
बुधबार, २५ चैत २०७७

काठमाडौंँ । ७२ घण्टामा छायाँकन सकिएको फिल्म  ‘श्री’ २७ चैत्र अर्थात यही शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । लकडाउनको बेलामा निर्देशक एभरेष्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा यो फिल्म तयार पारेका हुन् ।
नयाँ वर्षमा फिल्मको अभाव देखिएको कारण यो फिल्म रिलिज गर्न लागिएको हो । फिलममा सन्दिप क्षेत्री, बर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, वसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीको अभिनय रहेको छ । 

पहिला ओटिटीमा मात्रै रिलिज गर्ने तयारी गरिएको यो फिल्म अहिले हलमै लगाउन लागिएको वितरक करण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बोल्दै उनले आफूले अमेरिकामा रहेका निर्देशक बोहरालाई सम्पर्क गरि हलमै प्रदर्शन गर्ने जिम्मेवारी दिएको बताए ।

एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मको सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाइ छायांँकन गरिएको थियो । फिल्ममा सम्वाद शिवम् अधिकारी तथा मुख्य सहायक निर्देशक सुदीप कुँवर रहेका छन् ।

सोसियल सस्पेन्स कथामा निर्माण गरिएको फिल्मको निर्माता श्री पराजुली र सविता गुरुङ तथा सह निर्मातामा यम बराल, सूर्य सिंखडा (साइराम),बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम छन् । 
‘विषम परिस्थितिमा पनि नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने हेतुले ‘श्री’ निर्माण गरिएको निर्देशक बोहराले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप