नेपाल सांस्कृतिक संघको महाधिवेशन आगामी माघमा, सल्लाहकारमा गिरी र भट्टराई नियुक्त
काठमाडौं । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले प्रवक्ता, प्रेस र कानुनी सल्लाहकार नियुक्त गरेको छ । चैत १२ गते बसेको संघको केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार अध्यक्ष तीर्थबहादुर थापाले संघको प्रवक्तमा साहित्यकार महेश प्रसाईं, प्रेस सल्लाहकारमा पत्रकार कुबेरराज गिरी र कानुनी सल्लाहकारमा अधिवक्ता सन्तोष भट्टराईलाई नियुक्त गरेका हुन् ।
संस्थाप्रति पुर्याउँदै आएको योगदानको सम्मान गर्दै उनीहरुलाई सल्लाहकारमा नियुक्त गरिएको अध्यक्ष थापाले जानकारी दिए । सांस्कृतिक संघले जिल्ला मातहतका कमिटीलाई आगामी जेठभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण गरिसक्न पनि निर्देशन दिएको छ ।
संघले आगामी मंसिरभित्र पालिका र जिल्ला अधिवेशन गर्ने निर्णय पनि गरेको छ । यस्तै सांस्कृतिक संघको महाधिवेशन भने आगामी माघ २८ र २९ गर्ने गरिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने