डा. भेषराज थापालाई विज्ञान तथा प्रविधि युवा पुरस्कार
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठान (नास्ट) ले २०७७ विज्ञान तथा प्रविधि युवा पुरस्कार’ युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजका सहप्राध्यापक ई. डा. भेषराज थापालाई प्रदान गरेको छ।
जलस्रोत (वाटर रिसोर्स) को अनुसन्धान क्षेत्रमा पुर्याएको प्राज्ञिक(वैज्ञानिक योगदानको कदरस्वरुप थापालाई सम्मान प्रदान गरिएको हो।
‘इन्टिग्रेटेड रिभर बेसिन म्यानेजमेन्ट’मा जापानको यामान्सी विश्वविद्यालयबाट पीएचडी गरेका उनलाई सोध कार्यमा देखाएको उत्कृष्ट प्रस्तुतिको सम्मान स्वरुप नेपाल सरकारद्वारा ‘नेपाल विद्या भुषण( क’ उपाधिद्वारा समेत विभूषित गरिएको थियो।
नास्टले प्रत्येक वर्ष अनुसन्धान पेपरको संख्या, इम्प्याक्ट फ्याक्टर र उक्त अनुसन्धानले नेपाल र अन्तर्राष्ट्रिय जगतमा खेलेको भूमिका र पुर्याएको योगदानका आधारमा ४० वर्षमुनिका नेपाली युवा वैज्ञानिकहरूलाई यो पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको उपस्थितिमा आयोजित नास्टको ४४ औं प्राज्ञ सभाले यस वर्ष २०७७ सालका लागि विभिन्न क्षेत्रको अनुसन्धानमार्फत योगदान पुर्याइरहेका प्राज्ञिक व्यक्तित्वहरूलाई सम्मान गरेको थियो ।
कार्यक्रममा थापासँगै विज्ञान प्रविधिका ११ भिन्न विधानहरूमा १७ व्यक्ति वा संस्थाहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन
-
शम्भुजितलाई दीर्घ साधना, उन्नतिदेखि शिवसम्मलाई सम्मान दिइने
-
कास्कीका पालिकाको बजेट : दबाबमा पोखरा, अरूको पैसा खर्च हुन सकेन
-
मध्यपहाडी राजमार्गको काम अलपत्र पार्ने कन्टेक प्रालिसँगको ठेक्का तोडियो
-
रास्वपा महाधिवेशन : सभापतिले मतदान गरेसँगै पहिलो चरणको मतदान सम्पन्न
-
विद्यालयमा गोलीबारीपछि फिलिपिन्सले भिडियो गेममा लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण