शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धुलिखेलमा सुन चोरेर भागेका ३ जना पक्राउ

मङ्गलबार, २४ चैत २०७७, १९ : ००
मङ्गलबार, २४ चैत २०७७

काठमाडौं । काभ्रेको धुलिखेमा सुन चोरेर भागेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धुलिखेल नगरपालिका–७ स्थित सूर्यप्रसाद देवजुको घरमा ताल्चा फोडेर चोरी गर्नेहरुलाई जिप्रका काभ्रेको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका घर भएका हेम बहादुर तामाङ, कर्म तामाङ उर्फ कर्मा र बेल बहादुर नकर्मी उर्फ राजकुमार छन् ।​

देवजुको घरमा बस्ने होमबहादुर राउत र रन्जन रेग्मीको डेराको ताल्चा फोडेर उनीहरुले १ तोलाको सिक्री, १ तोलाको झुम्का, १ तोलाको छड्के  तिलहरी र सिरबन्दी लगायतका गहना चोरेका थिए ।

चोरीमा संलग्न आरोपीहरुलाई काठमाडौं, भक्तपुर र सिन्धुपाल्चोक बाट पक्राउ गरिएको हो । उनीहरुविरुद्ध चोरी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले रातोपाटीलाई बताए ।

ज्याला, मजदुरी गर्ने पारिवारीक पृष्ठभूमिका आरोपीहरुले धनाढ्य जीवनशैलीको मोहका लागी चोरी गरेको प्रहरीलाई बताएका छन् । चोरीमा संलग्न ३ जना आरोपी ५ बर्ष जेल बसेर निस्केका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप