शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अब विराटनगरमा रिक्साबाट यात्रा गर्दा नगद बोक्नु नपर्ने

मङ्गलबार, २४ चैत २०७७, १८ : ४६
मङ्गलबार, २४ चैत २०७७

विराटनगर । विराटनगरमा रिक्साबाट यात्रा गर्दा नगद बोक्नु नपर्ने भएको छ ।

सनराइज बैंकले विराटनगरको टेम्पो/ई–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेसँगै नगद बोक्नुपर्ने झन्झटको अन्त्य भएको हो । विराटनगरको बरगाछी स्थित केशरी चन्द भवरलालको टेम्पो विक्री केन्द्रबाट उक्त सेवाको सुरुवात भएको छ 

बैंकले प्रथम चरणमा ७० वटा टेम्पो/ई–रिक्सामा क्यूआर वितरण गरेको छ । टेम्पो तथा ई–रिक्सा चढ्ने ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेशन वा मोबाइल वालेटमार्फत सजिलै रिक्सा भाडा भुक्तानी गर्न सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप