पोखरामा करेन्ट लागेर एक युवकको मृत्यु
मङ्गलबार, २४ चैत २०७७, १८ : ३८

पोखरा । पोखरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मंगलबार पोखरा ३३ बागमारास्थित ग्लोबल प्लास्टिक उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका २३ वर्षीय विशाल रायमाझीको उपचारका क्रममा मृत्यु भएको हो ।
उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका रायमाझीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको भाउले फेरि बनायो नयाँ कीर्तिमान
-
एसईई दिएका विद्यार्थीहरूका लागि माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले ल्यायो विशेष अफर
-
हेटौँडामा सैलुनलाई एसी दिने तोकादेश, मेयर लामाको आलोचना
-
कोशीका पूर्वमन्त्री खत्रीले गरे अन्तरजातीय विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन