बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हतारमा प्रदेशसभा अधिवशेन अन्त्य गरेको भन्दै सांसदहरुको आपत्ति

मङ्गलबार, २४ चैत २०७७, १८ : १२
मङ्गलबार, २४ चैत २०७७

बुटवल । लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णयप्रति प्रदेशसभा सदस्यहरुले आपत्ति जनाएका छन् ।  प्रदेशसभा  सदस्यहरुले काम गर्नुपर्ने समयमा बिजनेस नपाएको बाहानामा अधिवेशन अन्त गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

आजको बैठकमा बोल्दै प्रदेशसभा सदस्य वीरबहादुर रानाले छिटोभन्दा संसद अधिवेशन अन्य गरेकोमा आपत्ति जनाए । उनले महत्वपूर्ण निर्णयहरु गर्नुपर्ने बेलामा विजनेश नपाएको भन्दै अधिवेशन अन्त्य  गर्न लागिएकोमा आपत्ति जनाए ।  

केन्द्रमा देखिएको  राजनीतिको असर प्रदेशमा  देखिएको  बताउँदै उनले जनताको आवाज मुखरित गर्ने  प्रदेशसभा अधिवेशन अन्त्य गर्नु गलत भएको बताए । उनले लोकतन्त्रमा जनताको आवाज मुखरित गर्ने सत्तापक्षको कमजोरी रहेको बताउँदै लुम्बिनी प्रदेशमा सघाउँदा सघाउँदै काम गर्न नसकेको आरोप लगाए ।

बैठकमा बोल्दै प्रदेशसभा सदस्यले कृष्ण खड्काले हिउँदे अधिवेशनमा विधेयक अधिवेशनको रुपमा लिनुपर्ने भएपनि छिटो अन्त्य गर्न लागिएको प्रति गुनासो  ब्यक्त  गरे ।  उनले प्रदेशसभा बैठकबाट सरकार तर्सिएको बताउँदै अधिवेशन अन्त्य गर्नु लगत भएको दाबी गरे ।  उनले संसदलाई निरन्तर सञ्चालन गर्न आग्रह गर्दै यो अवधिमा गरेका कामहरुको मूल्याङ्कन गर्नुपर्ने बताए । उनले अधिवेशनमा कुनैपनि  विधेयक दर्ता नभएको भन्दै  दुःखेसो पोखे ।

बैठकमा बोल्दै प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेले नागरिकताको क्षेत्रमा अझैपनि सम्पूर्ण कामहरु नभएको बताए । बैठकमा प्रदेशसभा सदस्य कमलराज श्रेष्ठले मन्त्रिपरिषद्को  निर्णयको  बचाउ  गरे । उनले छिटोभन्दा छिटो अधिवेशन अन्त्य गर्दैमा अलोकतान्त्रिक हुने बताए । उनले बजेट अधिवेशनका लागि तयारी गर्नुपर्ने भएकोले छिटो अधिवेशन सकिएको दाबी  गरे ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले संसदले बिजनेस नपाएको भन्दै संसद अधिवेशन अन्त्य गर्ने  निर्णय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप