शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कलंकीको नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कम्पनीमा छापा, तस्बिरमा हेर्नुहोस्

संचालक पक्राउ
मङ्गलबार, २४ चैत २०७७, १६ : ५८
मङ्गलबार, २४ चैत २०७७

काठमाडौं । काठमाडौंको कलंकीमा रहेको एक कस्मेटिक उत्पादन कम्पनी र सो कम्पनीको गोदाममा महानगरीय अपराध महाशाखा र बाणिज्य विभागको टोलीले छापा मारेको छ । 

भारतीय कालाकोला ब्राण्डको मेहन्दी र ब्राण्ड दुरुपयोग गरेर नक्कली कस्मेटिक सामाग्री बनाएर बेच्ने कम्पनी र गोदाम छापा मारिएको अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए । सक्कली कम्पनीको प्याकेटमा राखेर कमसल सामान बेच्ने ३३ वर्षीय चेतन गोयललाई प्रहरीले पक्राउ गरेको छ । 

०७३ मा दर्ता खारेज भएको ट्रेडमार्कमा गोयलले निर्वाध रुपमा सामान उत्पादन गरेर बेच्ने गरेका थिए । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महाशाखाले कलंकी स्थित उनको ३ तले घरमा रहेको कारखाना सिल गरेका छन् । 

‘गुणस्तर परिक्षण गरेको देखिएन,’ एसएसपी खापुङले भने, ‘विदेशी कम्पनीको खोलमा कमसल सामग्री बेचेर स्वास्थ्यमा खेलबाड गरेको देखिएको छ, थप अनुसन्धान गर्दैछौं ।’ 

गोयलले करोडौंको कस्मेटिक सामाग्री भारतमा उत्पादन भएको भनेर नेपाली बजारमा पठाउने गरेका थिए । उनले १० प्रकारका कस्मेटिक सामग्री उत्पादन गरेर बेच्ने गरेको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप