शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा थपिए २६० कोरोना संक्रमित

मङ्गलबार, २४ चैत २०७७, १६ : ४१
मङ्गलबार, २४ चैत २०७७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २४३ जनाको परीक्षण गर्दा २६० मा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो अपडेटसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा ११३ जना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७३,४५५ पुगेको छ ।  कोरोना संक्रमणबाट हालसम्म नेपालमा तीन हजार ३६ जनाको निधन भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप