शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा माओवादीका दुई सांसद पदमुक्त

मङ्गलबार, २४ चैत २०७७, १६ : ३४
मङ्गलबार, २४ चैत २०७७

नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका लुम्बिनी प्रदेशका २ सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका हुन् । प्रदेश सभाको आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।

उनले नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयका साथै प्रदेश सभा संसदीय दलको निर्णयको पत्र सचिवालयमा प्राप्त भएको जानकारी गराएका थिए।  ‘प्रदेश सभाको नियमावलीको १ सय ९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिएमा त्यस्तो सदस्यको स्थान रिक्त रहने मानिने छ भन्ने व्यवस्था अनुसार माननीय सदस्य श्री दधिराम न्यौपाने र माननीय सदस्य श्री दिनेश पन्थीको प्रदेश सभा सदस्य पद आजका मितिबाट रिक्त रहने व्यहोरा सम्मानित सभालाई जानकारी गराउँछु’, सभामुख घर्तीले बैठकमा बताए । 

न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २(२) बाट निर्वाचित प्रदेश सभा सदस्य थिए। उनीहरुलाई  एमालेमा लागेपछि पार्टीले २४ घण्टे स्पष्टीकरण सोधको थियो । तर कुनै जवाफ  नफर्काएपछि पार्टीले  संसदमा  पत्राचार  गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप