स्याङ्जामा रोकिराखेको बस जल्यो, प्रहरीले अनुसन्धान गर्दै
मङ्गलबार, २४ चैत २०७७, १५ : १०

काठमाडौं । स्याङ्जामा रोकिराखेको यात्रुवाहक बस जलेको छ । पुतलीबजार नगरपालिका–६ स्थित टक्सार–पोखरा सडकमा ग १ ख ७१६६ नम्बरको बस जलेको अवस्थामा भेटिएको स्याङ्जाका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
सोमबार राती टक्सारमा यात्रु छोडेर फर्किने क्रममा बस जलेको हो । चालक २९ वर्षीय सुभास केसी र सह–चालक १८ वर्षीय नवराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस कसरी जल्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
‘चालक र सह–चालकले मापसे गरेका रहेछन्’ एसपी बोगटीले भने– ‘बस कसरी जल्यो भन्नेबारे अनुसन्धान गर्दैछौं ।’ इन्सुरेन्स रकम दावी गर्नका लागी पनि बस चालकले बस जलाएको हुनसक्ने आशंका गरिएको छ । पोखरा महानगरपालिका–२१ कृष्टि बस्ने चालक सुभाष केसी आफैं बसका धनी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक