शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धुम्बाराही तरकारी बजारमा पनि नबिल बैंकको क्यूआर भुक्तानी सेवा शुरु, नगद बोक्नुपर्ने झन्झटको अन्त्य

मङ्गलबार, २४ चैत २०७७, १३ : २७
मङ्गलबार, २४ चैत २०७७

काठमाडौं । नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफूल विक्री केन्द्रमा क्यूआर भुक्तानी सेवा शुरु गरेको छ । मंगलबार बिहान नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले केही तरकारी खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवाको शुरुवात गरे । 

अब धुम्बाराही तरकारी तथा फलफुल केन्द्रमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेशन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्नेछन् । 

राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलले तरकारी खरिद गरी आफ्नो मोबाइल बैंकिङ्गको क्यूआर कोडमार्फत भुक्तानी गरेर उक्त सेवाको शुरुवात गरेका थिए । 

सो क्रममा निर्देशक कँडेलले विगतका दिनहरूमा भुक्तानीका लागि क्यूआर कोडहरूको प्रयोग बजारमा उल्लेखनीय रूपमा वृद्धि भएको बताए । बैंक तथा वित्तीय संस्थाले वित्तीय पहुँच, वित्तीय समावेशीकरण, पारदर्शिता र आर्थिक समृद्धिका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहन गरेको निर्देशक कँडेलले बताए । 

यसैगरी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केही वर्षदेखि नेपालमा भुक्तानी प्रणालीमा नया“पन देख्न थालेको र जसको परिणाम उपभोक्ता विस्तारै–विस्तारै नगदबाट डिजिटल भुक्तानीतर्फ परिवर्तन भइरहेको पाइएको बताए । 

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको जनाएको छ । अहिले बैंकको साथमा देशभर ३ हजार​ भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप