‘कबड्डी ४’मा मिरुना
मङ्गलबार, २४ चैत २०७७, १२ : ४९
काठमाडौंँ । हिट फिल्म ‘कबड्डी’ को अन्तिम सिक्वेल ‘कबड्डी ४’ मा अभिनेत्री मिरुना मगर फाइनल भएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य अभिनेत्रीको रुपमा मिरुना फाइनल भएको जानकारी दिएको छ ।
परिवारसँग युके बस्दै आएकी मगर फिल्मको वर्कसपका लागि अहिले काठमाडौँ आएकी छन् । ‘लालपुर्जा’ फिल्मबाट अभिनेत्रीको रुपमा नेपाली रजतपतमा देखिएकी मगरले यस अगाडि ‘रोज’, ‘साइनो’ र ‘चच हुईं’मा काम गरेकी छन् । सबै सिक्वेल मनमराइएको फिल्ममा जोडिन पाउँदा उनले निकै खुसी व्यक्त गरिन् ।
फिल्ममा यस अगाडि कलाकारको रुपमा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, वुद्धि तामाङ, पुष्कर गुरुङ, जयनन्द लामा छानिएका छन् । फिल्मको छायाँकन वैशाखबाट सुरु हुँदैछ । फिल्मको प्रदर्शन मिति नयाँ वर्षको असोज १५ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार