पत्रकार महासंघ भक्तपुरमा सर्वसम्मत नेतृत्व चयन
भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सम्पूर्ण पदाधिकारी सर्वसम्मत चयन भएका छन् । जिल्लामा सक्रिय पत्रकारहरुको संगठन प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरलगायतको सहमतीमा आगामी कार्यकालको लागि सबै पदमा सर्वसम्मत नेतृत्व चुनिएको हो ।
पत्रकार महासंघ भक्तपुरको अध्यक्षमा जगत प्रजापति, उपाध्यक्ष सुन्दर शिल्पकार, महिला उपाध्यक्षमा लिला श्रेष्ठ, सचिव सन्जिव घिमिरे, सह–सचिव खुल्लामा हेमराज ढकाल, सह–सचिव समावेशीमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा विनोद कोजू चयन भएका हुन् ।
महिला सदस्यमा कञ्चन किसी, आदीबासीमा सदस्यमा किरण सुवाल तथा अन्य सदस्यहरूमा दिनेश कार्की, विकास थापा, राजकुमार लामिछाने, रजल छुंका, रामगोपाल तमखु, रुपक ढुंगाना, सञ्जीव प्रसाद दुलाल, सविना केसी, हरिशरण बास्तोला चयन भएको जानकारी निर्वाचन समितिका बाल मुकुन्द सुवालले जानकारी दिएका छन् ।
प्रदेश परिषद् सदस्यमा जितेन्द्रराज शिल्पकार, ध्रुवराम थापा, नारायण थापा, प्रविण लाखे, भेष वहादुर कार्की, मणिराम लामिछाने, मिना घोरासाईने, राममणि बराल, रामकृष्ण शंखदेव, रोशनराज अर्थाल, सुरेश कुमार सायजु, संगम लामा निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रिय परिषद सदस्यमा गोपाल खनाल, जीवन ढुंगाना, नविना खर्वुजा, पूर्णभक्त दुवाल, पेशल आचार्य निर्विरोध निर्वाचित भएका छन् । महासंघको केन्द्र र प्रदेश समितिको नेतृत्वका लागि भने भोलि २५ गते बिहान ९ बजेबाट देशैभर मतदान हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद