रुसी राष्ट्रपति पुटिन थप २ कार्यकाल नेतृत्वमा रहन सक्ने

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि सन् २०३६ सम्म राष्ट्रपति बन्ने बाटो खुलेको छ । सोमबार राष्ट्रपति पुटिनले एउटा कानुनलाई अन्तिम अनुमति दिएसँगै उनको कार्यकाल सन् २०३६ सम्म लम्बिने बाटो खुलेको हो । सो कानुनले पुटिनलाई राष्ट्रपति पदमा अरु दुई कार्यकालका लागि रहन अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । रुसमा राष्ट्रपतिको एक कार्यकाल ६ वर्षको हुनेछ ।
सोमबार सो कानुन पारित गरिएसँगै पुटिनको राष्ट्रपतिको कार्यकाल १२ वर्ष थपिने भएको हो । पुटिनको कार्यकाल सन् २०२४ मा सकिँदै थियो । स्मरणरहोस्ः ६८ वर्षीय पुटिन दुई दशकभन्दा बढी समयदेखि रुसको सत्तामा रहेका छन् । रुसी सरकारको कानुनी सूचना पोर्टलमा जारी गरिएको सूचनाअनुसार पुटिनले सोमबार सो कानुनमा हस्ताक्षर गरेका छन् ।
उक्त कानुनले अनुमति दिएसँगै उनी सन् २०२४ मा वर्तमान कार्यकाल पुरा भएपछि आगामी निर्वाचनमा उम्मेदवारका लागि बाटो खुलेको छ । गत वर्ष जुलाई १ मा भएको संवैधानिक मतदानमा पनि पुटिनलाई दुई पटक राष्ट्रपति पदको उम्मेदवार हुनसक्ने अनुमति प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खाद्यान्नमा परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्छ’
-
महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक
-
दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन
-
गण्डकीमा कर्मचारीको ज्येष्ठता विवाद: पुरानै नियुक्तिलाई कायम गर्न माग
-
कुन कानुन अन्तर्गत प्रहरीले गाडीको ‘ह्वील लक’ गरे भन्दै सूचना आयोगमा निवेदन