शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा थप २६ कोरोना संक्रमितको मृत्यु

सोमबार, २३ चैत २०७७, २२ : ३९
सोमबार, २३ चैत २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २६ जनाको निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २६ हजार ८६२ पुगेको छ ।

हाल बेलायतमा ‘इस्टर होलिडे’ अर्थात सार्वजानिक विदाको समय भएकोले कोरोनाभाइरस अपडेट नियमित भएपनि वास्तविक तथ्याँकमा फरक पर्न सक्ने स्वास्थ्य विभागले जनाएको छ । जसका कारण मंगलबारपछिका दिनमा संक्रमित संख्या र मृतक संख्यामा केहि वृद्धि हुनसक्नेछ ।

यसैगरी बितेको २४ घन्टामा २ हजार सात सय ६२ नयाँ संक्रमित थपिएका छन् । यससँगै संक्रमितको कुल संख्या ४३ लाख ६२ हजार १५० पुगेको छ । गएको केहि दिनयता संक्रमित संख्यामा पनि  क्रमशः ह्रास आउँदै गएको छ ।

३ करोड ७० लाखभन्दा बढी खोप वितरण

बेलायतमा कोरोना विरुद्धको खोप वितरण कार्य शुरु भएयता तीन करोड ७० लाखभन्दा बढी डोज खोप वितरण भइसकेको छ । स्वास्थ्य विभागद्वारा सार्वजनिक सोमबारसम्मको तथ्याँकअनुसार हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ७० लाख १३ हजार ७४९ डोज खोप वितरण भइसकेको छ । ।

तीन करोड १५ लाख ८१ हजार ६२३ जनाले खोपको पहिलो डोज लिएका छन् भने ५४ लाख ३२ हजार १२६ जनाले खोपको दोस्रो डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप