अमेरिका बस्ने विद्यार्थीहरुद्वारा छात्रवृत्ति सहयोग

काठमाडौं । अमेरिकामा बस्ने नेपाली विद्यार्थीहरुले काभ्रेपलाञ्चोक जिल्लाको बेथान चोक गाउँपालिकास्थित श्री पार्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गरेका छन् । क्रिन्जल फाउण्डेसन नेपालले शिक्षा दीक्षा कार्यक्रमअन्तर्गत आइतबार छात्रवृत्ति वितरण गरिएको हो ।
यस कार्यक्रममार्फत विद्यालयको कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ३१ जना विद्यार्थीको लागि छात्रवृत्ति वितरण गरियो । कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी पाँच हजार पाँच सय रुपैयाँ, कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी आठ हजार दुई सय पचास रुपैयाँ र कक्षा ९ र १० अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी ११ हजार रुपैयाँका दरले कुल २ लाख २६ हजार रुपैयाँ रकमको छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्तिका लागि (हाल अमेरिका बस्ने) क्रिन्जल फाउन्डेसनका निर्देशक क्षितिजराज लोहनीले आर्थिक संकलन गरेका थिए ।
क्रिन्जल फाउन्डेसनका बोर्ड सदस्य तथा आर्थिक संयोजक आरजु लोहनीले आउँदा दिनहरुमा विभिन्न कार्यक्रममार्फत विद्यार्थीहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रमका बोल्दै बेथान चोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले विदेशमा रहेका विद्यार्थीहरुले गरेको सहयोगबाट प्रेरणा लिएर सदैव आफ्नो शैक्षिक उन्नयनमा लाग्न सम्पूर्ण विद्यार्थीहरुलाई अनुरोध गरे ।
राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य समुद्र तिमल्सिनाको पहलमार्फत यो छात्रवृत्ति विद्यालयमा भित्रिएको हो । कार्यक्रममा बोल्दै तिमल्सिनाले विद्यालयको शैक्षिक अवस्था सुधारका लागि आफुले निरन्तर पहल गर्ने बताए । कार्यक्रमका सभापति तथा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भगवान घिमिरे, विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद शर्मा लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार