आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा गएको भूकम्पले पूर्वी नेपालमा कडा धक्का महसुस

सोमबार, २३ चैत २०७७, २१ : ५२
सोमबार, २३ चैत २०७७

भारतमा सोमबार राति गएको भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ । कडा धक्का महसुश हुँदा सर्वसाधारण आत्तिँदै घरबाहिर निस्किएका थिए । 
यद्यपी प्रदेश नम्बर १ का जिल्लाहरुमा अहिलेसम्म कुनै अप्रिय घटना सुन्नु नपरेको प्रहरीले जनाएको छ । 

प्रदेश १ प्रहरी कार्यालयका डीआईजी ईश्वरबावु कार्कीले भूकम्पको कडा धक्का महसुश भएपनि अहिलेसम्म केही अप्रिय घटना नभएको बताए । 
‘पूर्वमा राम्रै धक्का महसुस भएको छ  तर, अप्रिय घटना अहिलेसम्म केही भएको छैन’, उनले रातोपाटीसँग भने । 

भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ५.४ रिक्टरस्केलको भूकम्प गएको हो।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप