बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

सोमबार, २३ चैत २०७७, १८ : १६
सोमबार, २३ चैत २०७७

बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध माओवादी, कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर संकलन गरेको अवस्थामा प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्र्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गरेको छ । मन्त्रिपरिषदको बैठकपछि अधिवेशन अन्त्य निर्णय गरेको  सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले रातोपाटीलाई जानकारी दिए । मन्त्री चाैधरीले बिजनेस नभएका कारण प्रदेशसभाको अधिवेशन अन्त्य गर्नु गरेको बताए । आजकै बैठकले करसम्बन्धी निर्णय पनि पारित गरेको छ । मंगलबार राति १२ बजेदेखि बैठक अन्त्य हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप