कास्कीमा पत्रकारको चुनावः २१ जना निर्विरोध, यस्ता छन् अन्य प्रतिस्पर्धी

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको यही २५ गते सम्पन्न हुने निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन भएको छ । महासंघका पदाधिकारीको सबै पदमा २–२ जनाको उम्मेदवारी कायम भएको छ । ९ जना खुला सदस्यका लागि भने २२ जनाको उम्मेदवारी परेको छ ।
आइतबार भएको मनोनयनमा सोमबार दाबी विरोध तथा उम्मेदवारी फिर्ताको समय रहेकोमा उपाध्यक्ष पदका उम्मेदवार रञ्जन अधिकारी, सचिवका उम्मेदवार गौतम रानाभाट र कोषाध्यक्ष ओमप्रकाश उपाध्यायले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समिति संयोजक बद्रीवनोद प्रतिकले जानकारी दिए । उनकाअनुसार प्रदेश परिषद् सदस्यमा २१ जना निर्विरोध भएका छन् । जसमध्ये ऋषिराम बराल, कृष्णराज आचार्य रचित, गिरिधारी पोख्रेल, घनश्याम पाण्डे, टंकराज अधिकारी, दिननाथ बराल, नारायणप्रसाद देवकोटा, प्रकाशचन्द्र सापकोटा, प्रशान्त लामिछाने, वासुदेव पौडेल, भानु पराजुली, राम गुरुङ, लोकेन्द्र ढकाल, शिविर पौडेल, सुदीपराज ढुंगाना, सुरज श्रेष्ठ र हिमनिधि लौडारी निर्विरोध भएका हुन् ।
यस्तै प्रदेश परिषद् महिला सदस्यमा दीपा रेग्मी, बालकुमारी पौडेल (तारा),सावित्री खनाल र दलिततर्फ सुरेनकुमार नेपाली निर्विरोध भएका छन् । यस्तै राष्ट्रिय परिषद् सदस्यमध्ये २ महिला सदस्यमा सुष्माकुमारी पौडेल र लिना गुरुङ निर्विरोध भएका छन् ।
उमेदवार बनेका दुर्गाप्रसाद शर्मा र शशिकुमार पौडेलको सदस्यता अवधि ५ वर्ष पूरा नभएका कारण उम्मेदवारी रद्द भएको छ । कास्की शाखाको निर्वाचनमा प्रेस चौतारीका तर्फबाट उमेदवार बनेका केशवशरण लामिछाने र संयुक्त प्यानलबाट उमेदवार बनेकी विमला भण्डारीबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
उपाध्यक्ष खुल्लामा अर्जुन गिरी र रामप्रसाद तिमिल्सिना, उपाध्यक्ष महिलामा जमुना शर्मा वर्षा र रविना आलेबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी सचिवमा दीपक परियार र माधव बराल, सहसचिव समावेशीमा दीपककुमार श्रेष्ठ र रेमबहादुर विक, सहसचिवमा एमबी आस्था र रेमबहादुर विक, कोषाध्यक्ष एकराज गिरी र कृष्ण दवाडी बीच प्रतिष्पर्धा हुने छ।
महिला सदस्यमा तारा चापागाई दुवे, सपना अधिकारी, दलित सदस्यमा विजय नेपाली र सुरेश सुनार, आदिवासी जनजाति सदस्यमा खिमकुमारी गुरुङ र पदम श्रेष्ठ, समावेशी सदस्यमा जैनव खातुन र सूर्यबहादुर परियारबीच प्रतिस्पर्धा हुनेछ ।
खुला सदस्यमा गौरव त्रिपाठी, धनबहादुर गुरुङ (सुमन), पुष्पराज दाहाल, उमा आलेमगर, कञ्चन थापा, कमल सुवेदी, गीता रानामगर, प्रभु अधिकारी, विनिता सुनार खातुन, शिवराज बस्ताकोटी (शिव दाइ), सन्तोष बस्याल, सन्तोष सुवेदी, सन्दीप पौडेल, सुरेश अधिकारी, श्रीभद्र पौडेल, वीरेन्द्र सापकोटा, विष्णु गौतम, रोहितराज पराजुली, युवराज गुरुङ, हरि पन्त, भीमबहादुर थापा र भेषराज सुवेदीबीच प्रतिस्पर्धा हुनेछ ।
आदिवासी जनजातिका लागि राजबहादुर गुरुङ र हुमबहादुर गुरुङ (तमु) प्रतिस्पर्धामा छन् । खुला ४ पदका लागि आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट), श्यामनाथ कुँवर, पदम रेग्मी, विभु भुषाल, रमेश पौडेल, ऋषिकान्त पौडेल, कमल पौडेल ‘अथक’, खेमबहादुर सारु, गणेशमान गुरुङ, गंगाधर पराजुली, र राजेश पराजुली उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा