मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रिपोर्ट नेगेटिभ आएपछि कार्तिक लेख्छन्- ‘१४ दिनको वनवास खतम’

सोमबार, २३ चैत २०७७, १५ : २३
सोमबार, २३ चैत २०७७

मुम्बई । बलिउड अभिनेता कार्तिक आर्यन कोरोना मुक्त भएका छन् । १४ दिनको क्वारेन्टाइन बसाइपछि उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना रिपोर्ट नेगेटिभ आएपनि अभिनेता आर्यन निकै खुसी छन् । उनले उक्त खुसी फ्यानका साथ समेत साटेका छन् ।

उनले लेखेका छन्– ‘रिपोर्ट नेगेटिभ । १४ दिनको वनवास खतम । अब काममा फर्किएको छु ।’ अहिले कार्तिक फिल्म ‘भुल भुलैया २’ को सुटिङमा ब्यस्त रहेका छन् । फिल्ममा उनको साथ तब्बु र कियारा आडवाणीको समेत अभिनय रहेको छ । यसको अलवा उनी धमाकामा पनि देखिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप