शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

सोमबार, २३ चैत २०७७, १४ : ०१
सोमबार, २३ चैत २०७७

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जारी गरेको ऋणपत्र (डिबेन्चर) बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ । 

बैंकले १ हजार अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर २०८४/८५’ निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

डिबेन्चर बिक्री प्रबन्धक सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटलका​ प्रमुख कार्यकारी अधिकृत भीष्म राज चालिसेले हस्ताक्षर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप