प्रधानमन्त्रीलाई ‘रेडबुक’ शिलान्यास गर्न सांसद शाहको सुझाव
सोमबार, २३ चैत २०७७, १३ : ३०
काठमाडौ । काँग्रेस सांसद भरतकुमार शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिलान्यासको रहर लागेको बताएका छन् । उनले हालै डीपीआरविनै १६५ वटा सडकको शिलान्यास गरेको भन्दै प्रधानमन्त्रीलाई शिलान्यासको रहर नै भए एकैपटक रेडबुक नै शिलान्यास गर्न सुझाव दिएका हुन् ।
सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले भने, ‘प्रधानमन्त्रीले भर्खरै १६५ वटा रणनैतिक सडकको शिलान्यास गर्नुभएको छ । ती सडकको न एलाइनमेन्ट भएको छ । न डीपीआर भएको छ । यदि शिलान्यासको रहर नै हो भने रेडबुक एकैचोटी गर्दिए भइहाल्यो नि !’ भनेर व्यङ्ग्य गरे । साथै उनले लुम्बिनीमा आगलागीबाट क्षति व्यहोरेकाहरुलाई तत्काल क्षतिपूर्ति दिन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने
-
जर्मन चान्सलर स्कोल्जले गुमाए विश्वासको मत
-
‘मायामा ठ्याक्क ठुक्क’मा बोल्ड सुरक्षा
-
टिकटकले गुहार्यो अमेरिकी सर्वोच्च अदालत
-
सरोकारवालाले अपनत्व लिने गरी शिक्षा ऐन पारित गरिनुपर्छ : नैनसिंह महर
-
कानुनको अभावले सङ्घ र प्रदेशबिच अन्तर्विरोध देखिएका छन्: अध्यक्ष दाहाल