प्रतिनिधिसभामा दुई मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिने
सोमबार, २३ चैत २०७७, १४ : २१

काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको बैठकमा दुई मन्त्रीले सार्वजनिक महत्वका विषयमा वक्तव्य दिने भएका छन् । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने कार्यक्रम तय भएको हो ।
दुई मन्त्रीको सार्वजनिक महत्वको वक्तव्यपछि सांसदहरुले प्रश्नोत्तर गर्ने भएका छन् । मन्त्रीहरुको सार्वजनिक महत्वको वक्तव्यपछि शून्य र विशेष समय राखिएको सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला