शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमित भएको दोस्रो दिन अक्षय कुमार अस्पताल भर्ना

सोमबार, २३ चैत २०७७, १० : ५५
सोमबार, २३ चैत २०७७

बलिउड अभिनेता अक्षय कुमार कोरोना संक्रमित भएको दोस्रो दिन अस्पताल भर्ना भएका छन् । 

सामाजिक सञ्जालमा जानकारी गराउँदै अक्षयले लेखेका छन्, ‘मेरो स्वास्थ्य ठिक छ तर चिकित्सकको सल्लाहमा अस्पताल भर्ना भएको हुँ । आशा छ, छिट्टै घर फर्किनेछु ।’ 

एक दिन अगाडि अक्षय कुमारले इन्स्टाग्राममा आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । 

 

http://

उनले लेखेका थिए, ‘म कोरोना संक्रमित भएको छु । सबै नियम पालना गरेर आइसोलेसनमा बसिरहेको छु । होम क्वारेन्टिनमा छु । र औषधि पनि खाइरहेको छु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप