बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

इन्डोनेसियामा बाढीका कारण कम्तीमा ५० को मृत्यु

सोमबार, २३ चैत २०७७, १० : ५४
सोमबार, २३ चैत २०७७

इन्डोनेसिया र तिमोर लेस्ते (पूर्वी तिमोर) मा आइतबार आएको बाढी र पहिरोका कारण कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

लगातारको वर्षाका कारण बाँधहरु भरिएका छन् भने पानी त्यसमाथि बाट बगिरहेका छन् । यसका कारण थुप्रै द्वीपमा हज्जारौं घर ध्वस्त भएका छन् ।

बाढी र पहिरोका कारण प्रभावित इलाका पूर्वी इन्डोनेसियाका फ्लोर्स द्वीपको विषयमा छिमेकी देश तिमोर लेस्तेसम्म फैलिएको छ ।

अधिकारीले बाढीबाट मृत्यु हुनेको आँकडा बढ्न सक्ने चेतावनी दिएको छ । उनका अनुसार राहतकर्मी बाँचेका मानिसहरुको खोजीमा जुटेका छन् ।

इन्डोनेसियाका प्रकोप उद्धार एजेन्सीका प्रवक्ता रादित्य जातीले पत्रकारलाई भने, ‘चार उप–जिल्ला र सात गाउँमा बाढीमाथि खराब असर परेको छ ।’

उनले भने, ‘फिल्डमा भएका हाम्रा समूहसँग हामीले आँकडाको पुष्टि गरेको छ । हामीले पायौं कि ४१ मानिसहरुको मृत्यु भएको छ जबकी २७ मानिसहरु गायब छन् र ९ मानिसहरु घाइते छन् ।’

यद्यपि, पूर्वी फ्लोर्सका उप राज्य–संरक्षक आगस्तिनस पायोंग बोलीले उनको नगरपालिकामा कम्तीमा ६० जनाको मृत्युको अनुमान छ । इन्डोनेसियाका राष्ट्रिय प्राधिकरणले यी आँकडाको पुष्टि गरेको छैन ।

समाचार एजेन्सी एएफपीलाई उनले भने, ‘यीमध्ये करिब ५५ मानिसहरु एउटै गाउँका हुन् । धेरैजसो मानिसहरुको मृत्यु यसकारण भयो किनभने उनीहरुको गाउँमा पहिरोका साथै बाढीको पानी पनि छिरेको छ ।’

यस्तै, तिमोर लेस्तेको राजधानी जीलीमा ११ जनाको मृत्यु भएको छ ।

तिमोरका नागरिक सुरक्षा सचिवले बाढीद्वारा प्रभावित इलाकामा मानिसहरुको खोजीकार्य जारी भएको जानकारी दिएका छन् ।

द्वीपको बाढी प्रभावित इलाकाबाट मानिसहरुलाई निकालेर सुरक्षित स्थानमा लगिएको छ । कतिलाई नजिकैको अस्पताल र स्वास्थ्य केन्द्रमा पनि सारिएको छ ।

नोभेम्बरदेखि मार्च महिनासम्म इन्डोनेसियामा मनसुन सिजन चल्छ । यतिबेला यहाँ बाढी र पहिरो जस्तो प्रकृतिक दुर्घटना हुँदै थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप