मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

अमृतासँग सम्बन्धविच्छेद भएको १६ वर्षपछि के भन्छन् सैफ ?

सोमबार, २३ चैत २०७७, १० : २२
सोमबार, २३ चैत २०७७

बलिउडका अभिनेता सैफ अली खान दोस्रो श्रीमती अर्थात अभिनेत्री करीना कपूर खानको तर्फबाट दोस्रो सन्तानको पिता बनेका छन् । करिना र सैफ एक अर्कासँग निकै खुशी भएर जीवन बिताइरहेका छन् । 

प्रायः एक अर्कासँग एक साथ खुशीसाथ तस्बिरमा देखिने यो जोडीको वैवाहिक जीवन पनि निकै खुशी छन् 

तर, सैफको पहिलो श्रीमती अमृता सिंहसँग सम्बन्धविच्छेद भएको थियो । उनले सन् १९९१ मा आफूभन्दा १२ वर्ष जेठी अमृता सिंहसँग विवाह गरेका थिए । अमृता ९० को दशककी चर्चित अभिनेत्री हुन् । सैफले अमृतासँग विवाह गर्दा अमृताको उमेर ३२ वर्ष र सैफको २० वर्षको थियो । आफूभन्दा बढी उमेरकी युवतीसँग विवाह गर्ने सैफको फैसलाका कारण उनी निकै चर्चामा आएका थिए ।

मिडिया रिपोर्टका अनुसार दुवै परिवार उनीहरुको विवाहको पक्षमा थिएनन् । सैफ र अमृताले केहि समयसम्म आफ्नो विवाहलाई लुकाएर राखे । तर, सन् २००४ मा सम्बन्धमा खटपट आएपछि यी दुईले सम्बन्धविच्छेद गरे ।

सम्बन्धविच्छेद भएको १६ वर्षपछि पनि सैफले अमृतासँग सम्बन्धविच्छेदको बारेमा बोल्न छोडेका छैनन् । उनी अन्तरवार्ताका क्रममा उनीसँगको सम्बन्धविच्छेदको बारेमा विभिन्न कुराहरु खुलाइरहन्छन् । उनले अमृतासँग छुट्टिनु सबैभन्दा पीडादायी कुरा भएको बताउने गर्छन् । उनी अमृतासँगका केही कुराहरुले अझै पनि उस्तै याद गराउने र आफूलाई अलग महसुस बताउने गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप