बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतमा कोरोना संक्रमितको रेकर्ड स्तरको वृद्धि, २४ घण्टामा १ लाखभन्दा बढी बिरामी भेटिए

सोमबार, २३ चैत २०७७, १० : १७
सोमबार, २३ चैत २०७७

भारतमा आइतबार कोरोना संक्रमितको रेकर्ड स्तरको वृद्धि भएको छ । यहाँ पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ९ सय ९४ नयाँ संक्रमित भेटिएका छन् । यो एकदिन भेटिएको सबैभन्दा उच्च संक्रमित हो । यसअघि १६ सेप्टेम्बरमा ९७,८६० नयाँ बिरामी भेटिएका थिए । पछिल्लो २४ घण्टामा ५२,८४० बिरामी ठिक भए भने ४७७ को मृत्यु भएको छ । सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा पनि सर्वाधिक ५०,४३८ को वृद्धि भएको छ । भारत संसारको एक्लो देश हो जहाँ पछिल्लो २४ घण्टामा १ लाखभन्दा बढी संक्रमित भेटिएका छन् ।

हुन त भारत भरी यो महामारी भयावह भइरहेको छ तर महाराष्ट्रमा पूर्ण रुपमा अनियन्त्रित भइसकेको छ । महाराष्ट्रमा नयाँ संक्रमितको आँकडाले हरेक दिन नयाँ रेकर्ड छोइरहेको छ । आइतबार राज्यमा ५७,०७४ संक्रमित भेटिएका छन् । यस्तै फ्रान्समा आइतबार ६०,९२२ नयाँ संक्रमित भेटिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप