केनको कीर्तिमान तर स्पर्स रोकियो
ह्यारी केनको नयाँ कीर्तिमानका बावजुद टोटनहम हटस्पर्स न्युक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ । आर्सनलबाट न्युक्यासलमा लोनमा रहेका जो विलकले खेलको ८५ औँ मिनेटमा गोल फर्काएपछि स्पर्स बराबरी खेल्न बाध्य बनेको हो ।
आइतबार भएको खेलको २८ औँ मिनेटमा जोएललिन्टनले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए । तर, चार मिनेटको अन्तरमा दुई गोल गर्दै केनले स्पर्सलाई खेलमा अग्रता दिलाए । तर अन्तिम समयमा स्पर्सले गाेल फर्काएपछि स्पर्सले बराबरी खेल्न बाध्य बन्याे ।
२७ वर्षीय खेलाडीको यो सिजन १८ औँ गोल थियो । योसँगै उनले प्रिमियर लिगमा कुनै पनि एक क्लबका लागि घरेलु मैदानबाहिर सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउन सफल भएका छन् । उनले स्पर्सका लागि ८४ वटा अवे गोल गर्न सफल भएका छन् ।
बराबरीसँग स्पर्सले जनवरी २ पछि पहिलोपटक शीर्ष चारमा रहने अवसर गुमाएको छ । यो सिजन स्पर्सले न्युक्यासलविरुद्ध जीतको अवस्थाबाट ४ अंक गुमाएको छ । स्पर्सले जीतको अवस्थाबाट पनि सर्वाधिक ६ वटा प्रिमियर लिग खेल्न जित्न असफल बनेको छ । ३० खेलबाट स्पर्सको ४९ अंक रहेको छ ।
अन्य खेलमा एस्टन भिल्लाले फुलहमलाई ३–१ ले हरायो भने साउथ ह्याम्पटनले बर्नलीलाई ३–२ ले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’
-
बैंकर्सलाई गभर्नरको सहानुभूतिपूर्ण सन्देश, ‘हिजो ध्यान दिएको भए आजको अवस्था आउँदैनथ्यो’
-
धनगढीमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने
-
नेपालीले एकदिनमा कति खान्छन् राँगा र भैँसीको मासु ?