शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा पनि बन्यो माधव नेपाल समूहको समानान्तर कमिटी

सोमबार, २३ चैत २०७७, ०७ : ४९
सोमबार, २३ चैत २०७७

काठमाडौं । नेकपा (एमाले) मा माधव नेपाल समुहले काठमाडौंमा पनि समानान्तर कमिटी गठन गरेको छ । 

आइतबार जिल्ला स्तरीय वृहत कार्यकर्ता भेलाले बसन्त मानन्धरको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो । 

कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र सह–सचिवमा एलपी श्रेष्ठ चयन भएका छन् । 

साथै, एमाले जिल्ला काठमाडौंको सदस्यमा लव बस्नेत, उपेन्द्र पौडेल, ध्रुवराज न्यौपाने, हरिराम ढुङ्गाना, शम्भु दुलाल, प्रदिप के.सि, उदयराज तिमल्सिना, अमला श्रेष्ठ , मित्रा मैनाली, नारायण कुमार श्रेष्ठ, नारायण गमाल, लक्ष्मण बिडारी, माधव तिमल्सिना, राजु बस्नेत, सुमन श्रेष्ठ, अर्जुनलाल प्रधान, सन्जु महर्जन, केशव श्रेष्ठ, अशोक थापा लगायत छनौट भएका छन् ।  

करिब एक हजार कार्यकर्ताहरूको सहभागिता रहेको भेलालाई वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालले सम्बोधन गरेका थिए । 

उनीहरुले ओलीले कम्युनिष्ट पार्टीलाई बिसर्जन गर्न लागेकाले आफूहरुले जोगाउने प्रयास स्वरुप पार्टी जागरण अभियान थालेको बताए । 

बागमती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले ओली कम्युनिष्ट इतिहासका नालायक पात्र भएको बताइन् । 
 
नेपाल समूहले यसअघि अर्घाखाँची, कास्की, उदयपुर, पर्वत, स्याङजा, तनहु लगायतका जिल्लामा समानान्तर संगठन विस्तार गरिसकेको छ । 

त्यस्तै, अखिल नेपाल महिला संघ, युवा संघ, खेलकुद महासंघ, मुक्ति समाज लगायतका जनवर्गीय संगठनहरुमा नेपाल समूहले समानान्तर संगठन निर्माण गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप