शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एसिड प्रयोग गर्ने उद्योगका लागि गृहमन्त्रालयको अनुमति अनिवार्य

आइतबार, २२ चैत २०७७, २१ : ०६
आइतबार, २२ चैत २०७७

काठमाडौं । औधोगिक प्रयोजन लागि आवश्यक एसिड खरिदका लागि गृहमन्त्रालयबाट पूर्व अनुमति अनिवार्य गरिएको छ ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–०७७ अनुसार उद्योगलाई आवश्यक तेजाबको परिमाण समेत खुलाएर निवेदन दिन गृह मन्त्रालयले सुचना जारी गरेको छ ।  

अध्यादेशको नियमावली अनुसार ७ दिनभित्र इजाजत पत्र प्राप्त उद्योगलाई तेजाव वा घातक रासायनिक पदार्थ आवश्यक भएमा निवेदन दिन गृह मन्त्रालयले आग्रह गरेको छ ।

‘उद्योगले राख्न पाउने अनुमतिका लागि गृह मन्त्रालयमा निवेदन दिनुपर्छ’ गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले भने–‘नयाँ अध्यादेश र सो सँग सम्बन्धित नियमावलीले अनुमती लिनुपर्ने ब्यवस्था गरेको छ ।’

उद्योगले आफ्नो वार्षिक स्किम अनुसार के–कत्ति परिमाणमा कस्ता रसायन आवश्यक पर्छ भन्ने विवरण सहितको निवेदन दिएपछि मन्त्रालयले त्यसबारे निर्णय गरेर अनुमति दिने बताइएको छ ।

एसिडको जथाभावी प्रयोग गर्दा चैत १५ मा काठमाडौंको नाङ्लेभारेमा ३ जना घाइते भएका थिए । नवीन ग्राम माविको हातमा रहेको सरस्वती दुग्ध सहकारीमा राखेको एसिड पानी भनेर रंगमा मिसाएर होली खेल्दा विद्यार्थीहरु घाइते भएका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप