‘आहा रारा गोल्ड कप’: अफ्रिकन रुटद्वारा मछिन्द्रलाई २–१ गोल अन्तरले पराजित

पोखरा । १९ औ संस्करणको ‘आहा रारा गोल्ड कप’ प्रतियोगितामा अफ्रिकन रुट एसोसिएसन क्लब २–१ गोल अन्तरले विजयी भएको छ । राष्ट्रिय ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब काठमाडौंलाई अफ्रिकन एसोसिएसन क्लबले २–१ गोल अन्तरले पराजित गरेको हो ।
पोखरा रंगशालामा भएको दोश्रो क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित हुँदा स्तव्ध बनेको हो । जित सँगै अफ्रिकन रुट सेमिफाइनलमा पुगेको छ । क्यामरुनी टोलीसँग पराजय भएसँगै राष्ट्रिय ए डिभिजन लिग विजेता मछिन्द्र क्लब प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको हो । अफ्रिकनलाई जित दिलाउन मौसा र एनजिमीले समान १–१ गोलको योगदान दिए ।
जारी खेलमा पहिलो हाफको ३५ औं मिनेटमा मौसाले गोल गर्दै एसोसिएटलाई अग्रता दिलाउँदै मच्छिन्द्रलाई दवावमा राखेका थिए । खेलको ८२ औं मिनेटमा डिजोमोको पासलाई सदुपयोग गर्दै एनजिमीले अर्को गोल थप्दै टिमको अग्रतालाई २–० पुर्याएका थिए ।
मछिन्द्रका अभिषेख रिजालले खेलको ९० औँ मिनेटमा गोल गरेका थिए । सुनिल बलले प्रहार गरेको बललाई रिजालले बार नजिकैबाट पोस्टको दिशा दिएका थिए । अभिषेकलाई सहारा क्लवले उद्घाटन खेलमा उत्कृष्ट खेलाडीको रुपमा सम्मान समेत गरेको थियो ।
यसअघि शनिबार भएको पहिलो खेलमा विजयी हुँदै सशस्त्र प्रहरी बलको एपीएफ सेमिफाइनल प्रवेश गरिसकेको छ । पहिलो खेलमा घरेलु क्लब सहारालाई १–० ले हराउँदै सेमिफाइनल पुगेको थियो । सोमबार दिउँसो संकटा र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ । प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उप विजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा एक करोड २९ लाख १ हजार आम्दानी र एक करोड एक लाख ८१ हजार बचत हुने आशा आयोजकको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलाउनु हुँदैन संविधानका चार खुट्टा
-
ठगी मुद्दामा फरार प्रतिवादी पक्राउ
-
नवराज सुवेदीको ‘नजरबन्द’ हटेपछि जगमानले भने - राजसंस्था पुनर्स्थापना गर्न पूर्ण सहयोग गर्नेछु
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति