विमानस्थलको सरसफाइमा ध्यान दिन मन्त्री ढकालको निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइलाई विशेष रुपमा ध्यान दिन निर्देशन दिएका छन् । आइतबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री ढकालले विमानस्थलको सरसफाइलाई विशेष ध्यान दिन निर्देशन दिएका हुन् । विमानस्थलमा अनावश्यक सामाग्रीहरु पनि यत्रतत्र छरिएर रहेको भन्दै चुस्त दुरुस्त व्यवस्थापन गर्नुपर्ने बताए ।
सरसफाइका लागि विमानस्थलसँग पर्याप्त कर्मचारी रहेको भन्दै उनले कर्मचारीको कामको निगरानी राख्न पनि विमानस्थल व्यवस्थापनलाई निर्देशन दिए । मन्त्री ढकालले विशिष्ट व्यक्तिहरुको गाडी हवाइजहाजको ढोकैसम्म पुग्ने गरेको भन्दै निश्चित मापदण्ड बनाइ क–कसको गाडी विमानस्थलभित्र जान पाउने निर्क्योल गर्नुपर्ने आवश्यकता रहेको बताए ।
मन्त्री ढकालले हवाइजहाजका लागि प्रयोग हुने इन्धन नेपालमा महङ्गो भएको भन्दै इन्धनको मूल्य अन्तर्राष्ट्रिय रुपमा समान हुनुपर्ने बताए । उनले विमानस्थल भित्रको धावन मार्गको सम्पूर्ण जग्गा विमानस्थलको नाममा नभएको उल्लेख गर्दै विमानस्थलको नाममा ल्याउने प्रक्रिया थाल्न विमानस्थल प्रशासनलाई निर्देशन दिए ।
विमानस्थलभित्र बस्ने ट्याक्सीले महंगो भाडा लिने गरेकाले ट्याक्सीहरूलाई सरकारले अतिरिक्त सेवा दिएर भएपनि मिटरमा हिँडाउनुपर्नेमा पनि मन्त्री ढकालले जोड दिए । ट्याक्सीलाई सिस्टममा हिडाउनका लागि विमानस्थल भित्रको पार्किङ शुल्क मिनाहा गर्नसम्म सोच्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत
-
काउली खेतीबाट मालामाल, बने जिल्लाकै उत्कृष्ट किसान
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर
-
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा शपथ ग्रहण
-
उड्डयन प्राधिकरण सम्बन्धी संसदमा पेस, सेवा प्रदायक र नियामक फरक बनाइने
-
‘०८४ मा बहुमत पुर्याउँछौँ, अकुत सम्पत्तिमा बेहोस भएकाहरूलाई ब्युँझाउँछौँ’