शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो पटक एभरेष्ट बैंकमा नेपाली सिईओ, २५ वर्षको अनवरत यात्रा तोड्दै सुदेश खालिङ

आइतबार, २२ चैत २०७७, १८ : ५३
आइतबार, २२ चैत २०७७

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पहिलो पटक नेपाली प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त गरेको छ । बैंकले अनवरत २५ वर्षे यात्रामा पहिलो पटक नेपाली नागरिक सुदेश खालिङलाई सिईओ नियुक्त गरेको हो । यसअघि बैंकको सिईओमा भारतीय नागरिकलाई मात्र बैंकले नियुक्ति दिँदै आएको थियो । 

हालसम्म बैंकले आफ्नो २० प्रतिशत सेयर साझेदारी रहेको भारतीय पञ्जाब नेशनल बैंकबाट प्रमुख कार्यकारी अधिकृत ल्याउँदै आएको थियो । 

पछिल्लो पटक बैंकको सिईओमा आएका भारतीय गजेन्द्रकुमार नेगीले खासै काम गर्न नसकेको भन्दै एभरेष्ट बैंक सञ्चालक समितिले नेगीलाई १७ महिनामै फिर्ता पठाउने निर्णय गरेको छ । ४ बर्षका लागि नियुक्त भएका गजेन्द्रकुमार नेगी शुक्रबारसम्म बैंक नेतृत्वमा रहने बैंक स्रोतले जानकारी दिएको छ । 

यद्यपी प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको बारे बैंकले राष्ट्र बैंकलाई मौखिक जानकारी भने गराइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप