शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सरकार र थारु कल्याणकारी सभा संघर्ष समितिबीच दोस्रो चरणको वार्ता

आइतबार, २२ चैत २०७७, १८ : ३०
आइतबार, २२ चैत २०७७

काठमाडौं । सरकार र थारु कल्याणकारी सभा संघर्ष समितिबीच दोस्रो चरणको वार्ता भएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा सरकारी वार्ता टोलीका सदस्य  डा. राजन भट्टराईले आइतबार संघर्ष समितिसँग दोस्रो चरणको वार्ता सम्पन्न भएको जानकारी दिए । वार्ताका क्रममा संघर्ष समितिले राखेमा मागहरुबारे थप व्याख्या र छलफल भएको बताए ।

वार्ता सहमति उन्मुख रहेको र अर्को चरणको वार्ता निकट भविष्यमा फेरि बस्ने गरी आजको बैठक सकिएको भट्टराइले बताए । यसअघि चैत १७ गते गृहमन्त्री रामबहादुर थापा संयोजक तथा भट्टराई र एमाले पूर्वसांसद भगवती चौधरी सम्मिलित सरकारी वार्ता टोलीले थारू कल्याणकारी सभा, थरुहट–थारूवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिसँग माग सम्बोधन गर्ने विषयमा औपचारिक वार्ता गरेको थियो ।

संघर्ष समितिले २०७२ भदौ ७ को टीकापुर हत्याकाण्डमा जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीसहितका व्यक्तिको रिहा, हत्याकाण्डका प्रतिवादी बनाइएका सबैको मुद्दा फिर्ता, मधेसी क्लस्टरबाट निकालेर थारूको छुट्टै पहिचानसहित आरक्षणको व्यवस्थालगायत १९ बुँदे माग सम्बोधन हुनुपर्ने माग अगाडि सारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप